Logo
|
Friday 19th April 2024
Logo

epaper

शनिबारको कोभिड अपडेटः २,६१८ नयाँ संक्रमित, १४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा शनिबारमात्र २ हजार ६ सय १८ जना कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ६ सय ६८ वटा पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमित फेला परेको हो । २४ घण्टामा थप १४ जनाको मृत्यु र ३६८ जना निको भएका छन् ।

हाल सक्रिय संक्रमित संख्या १६ हजार ८ सय २८ रहेको छ ।
मुलुकमा कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ र कुल मृतक संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्