कोभिड संक्रमित पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाह दम्पत्ति अस्पताल भर्ना
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमित पूर्वराजा ज्ञानेन्द्र विरबिक्रम शाह नर्भिक अस्पताल भर्ना हुनुभएको छ । उहाँसँगै पूर्व रानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह पनि सोही अस्पताल भर्ना हुनुभएको छ । आज अपरान्ह भर्ना हुनुभएका तीनै जनाको स्वास्थ्यवस्था स्थिति रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन् । भारतमा गंगा स्थान गरेर फर्किएका शाह दम्पत्तिमा केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।