Logo
|
Thursday 25th April 2024
Logo

epaper

मन्त्री परिषद्को बैठक आजः लकडाउन वा निषेधाज्ञाबारे निर्णय हुने

काठमाडौं उपत्यकासहित मुलुकभरका ९ जिल्लामा निषेधाज्ञा जारी हुनसक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलकुभरका ९ जिल्लामा निषेधाज्ञा जारी हुनसक्ने देखिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेसँगै उक्त सम्भावना बढेको हो । हाल ९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ । यसका आधारमा ती जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्नेछन् । आज बस्ने मन्त्री परिषद् बैठकले निषेधाज्ञाबारे सिसिएमसीको सिफारिसलाई निर्णय गर्ने छ । सीसीएमसीले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ७७ जिल्लामा सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । काठमाडौं जिल्लामा संक्रिय संक्रमितको संख्या ६ हजार ५ सय २८, बाँकेमा २ हजार ३ सय ३९, ललितपुरमा १ हजार ३ सय ५१, रुपन्देहीमा १ हजार ३ सय १३, पर्सामा ६ सय ४३, भक्तपुरमा ६ सय १३, कास्की ६ सय १३, मोरङमा ५ सय ६१ र दाङमा ५ सय ५७ रहेका छन् ।

पाँच सयभन्दा कम तर २ सयभन्दा माथि सक्रिय संक्रमित हुने जिल्लाको संख्या ४ छ । जसमध्ये कैलालीमा ४ सय ३४, चितवनमा ३ सय ९६, सुर्खेतमा ३ सय ७३ र बर्दियामा २ सय ७९ रहेका छन् । यस्तै दुइ सय नजिक सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या २ रहेको छ । जसमा कञ्चनपुरमा १ सय ९९ र पाल्पामा १ सय ८३ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्