Logo
|
Friday 26th April 2024
Logo

epaper

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. भगवान कोइराला सहित चारजना चिकित्सक सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. भगवान कोइराला सम्मानित हुनुभएको छ । बिपन्नका लागि स्वास्थ्य नेपालले वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. कोइराला सहित अन्य तीनजना मुटुरोग विशेषज्ञलाई समेत सम्मान गरेको छ ।

प्राडा. कोइराला लगायत सम्मान हुने चिकित्सकहरुलाई नेकपा (एमाले)का नेता तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सम्मान गर्नुभएको हो ।

यसरी सम्मानित हुनेहरुमा मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. रत्नमणी गजुरेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई हुनुहुन्छ ।

उहाँहरुले नेपालको मुटुरोगको उपचारमा अतुलनीय योगदान गर्नुभएको भन्दै बिपन्नका लागि स्वास्थ्य नेपालले सम्मान गरेको हो । सम्मानित हुने चारैजना चिकित्सक विपन्नका लागि स्वास्थ्य नेपालका सल्लाहकार हुनुहुन्छ । चारैजना चिकित्सक गत वैशाख एक गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुशोभित हुनुभएको थियो ।

यस्तै स्वास्थ्यका लागि विपन्न नेपालका अध्यक्ष रत्नबहादुर थापा पनि सम्मानित हुनुभएको छ । उहाँपनि समाजसेवामा उत्कृष्ट कार्य गरेबापत समाजसेवातर्फ विभुशित हुनुभएको थियो । उक्त सम्मान कार्यक्रममा बोल्दै नेता योगेश भट्टराईले स्वास्थ्यका लागि विपन्न नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो काम गरेको बताउनुभयो ।

उहाँले विपन्न तथा असहायको उपचारको लागि सस्थाले महत्वपूर्ण भूमीका खेल्दै आएको उल्लेख गर्दै सस्थाका अध्यक्ष थापाको पहलमा देशका धेरै ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गरी त्यहाँबाट शल्यक्रिया गर्नुपर्ने अवस्थाका व्यक्तिहरुलाई निशुल्क शल्यक्रिया गरेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित प्राडा. भगवान कोइरालाले एकजना व्यक्ति निस्वार्थ भावनाले स्वास्थ्यको पहुचबाट टाढा रहेकाहरुलाई उपचारमा क्रियाशिल हुनु ठूलो विषय भएको बताउनुभयो । गरिबको उपचारको लागि विपन्नका लागि स्वास्थ्य नेपालले समाजमा धेरै ठूलो कार्य गरेको प्राडा. कोइरालाको भनाई छ ।

यस्तै डा. अनिल भट्टराईले एकजना व्यक्तिको पहलमा देशका दुरदराजमा गई स्वास्थ्य शिविर मार्फत रोग पहिचान गर्ने र काठमाडौमा ल्याई निशुल्क उपचारको व्यवस्था गर्नु ठूलो काम भएको बताउनुभयो ।

विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष रत्नबहादुर थापाले देशको धेरै जनसंख्या स्वास्थ्यको पँहुच बाहिरै रहेको उल्लेख गर्दै तीनीहरुको रोग पहिचान गरी थप उपचारका लागि आफूले पहल गरीरहेको बताउनुभयो । अहिले पनि धेरै सर्वसाधरणहरुलाई आफूलाई यो रोग लागेको छ भन्ने कुनै जानकारी नभएको थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्