Logo
|
Thursday 28th March 2024
Logo

epaper

अस्पतालमा शैय्या अभाव भएपछि गम्भीर विरामी पनि घरमै उपचार गर्न बाध्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतको राजधानी दिल्लीसहित धेरै शहरहरुका अस्पतालका शैयाहरु विरामीले भरिएपछि विरामीहरु घरमै उपचार गर्न बाध्य भएका छन् ।

गम्भीर विरामीको घरमै उपचार गर्नुपर्ने अवस्थाले विरामीको मृत्युदर बढेको छ । आवश्यक औषधि र अक्सिजनको अभाव र कालोबजारीका कारण विरामीहरु नराम्ररी प्रभावित भएका छन् ।

घरमा विरामीहरुको अवस्था गम्भीर बन्दै गएपछि अक्सिजनको खोजीमा परिवारका सदस्यहरु भौतारिने गरेका छन् । अभाव र संकटकै बीच कालोबजारी गर्नेहरुका विरामीहरु थप मारमा पर्ने गरेका छन् ।

सामान्य अवस्थामा बजारमा ६ हजार मूल्य पर्ने अक्सिजन सिलिन्डरलाई ब्लाक मार्केटमा ५० हजार तिरेर किन्नु परेको गुनासो उपभोक्ताहरुको छ ।

राजधानी दिल्ली र नजिकको शहर नोयडामा अक्सिजन अक्सिजन नपाइए पनि कालोबजारी गर्नेहरुले बढी मूल्य लिएर अक्सिजनको आपूर्ति गर्ने गरेका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ५४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टाको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ८ सयभन्दा बढी छ । विगत केही दिनदेखि भारतमा संक्रमण र मृत्युदर निकै उच्च छ ।

प्रतिक्रिया दिनुहोस्