Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

निषेधाज्ञाबारे काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा



जनस्वास्थ्य सरोकार, काठमार्डौँ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमण जटिलता तर्फ उन्मुख भएपछि उपत्यकामा निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नेबारे आज छलफलमा जुटिरहेका छन् । बैठकमा लकडाउनबारे पनि छलफल भइरहेको छ ।

गृहसचिवसँगको समन्वयमा के गर्ने भन्ने बारे बेलुकासम्म टुंगोमा पुग्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्