Logo
|
Thursday 28th March 2024
Logo

epaper

मास्क नलगाई हिड्ने १३ सय २५ जना प्रहरीको कारबाहीमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा मास्क नलगाई हिड्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मास्क नलगाइ हिड्नेलाई केही समय नियन्त्रणमा लिएर छाडेको हो । काठमाडौंका विभिन्न स्थानमा बनाइएको होल्डिङ एरियामा उनीहरुलाई राखिएको थियो ।

बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको थियो । ३ सय २२ जना महिला र १ हजार ३ जना पुरुष कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्