Logo
|
Thursday 16th January 2025
Logo

epaper

काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म एकसाता निषेधाज्ञा जारी

उपत्यका प्रवेश गर्नेले अनिवार्य होम आइसोलेसन बस्नुपर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म एक साताका लागि काठमाडौं जिल्लाका तिनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । नयाँ भेरियन्टको कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।


संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रमक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०१८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी वैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुनेगरी वैशाख २२ गते राति १२ सम्म निधेषाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानी तहले तोकेको क्वारेन्टाइन होम आइसोलसनमा बस्नुपर्ने, अत्यावश्यकबाहेकका सवारी साधन प्रवेश र सञ्चालनमा रोक, खाद्य पसल बिहान १० बजेसम्म र बेलका ५ देखि ७ बजेसम्म खुल्ला गर्नेलगायत विभिन्न निर्णय गरेको छ । हेर्नुस् निर्णय

प्रतिक्रिया दिनुहोस्