Logo
|
Friday 29th March 2024
Logo

epaper

कोरोना कहर: देशभरका ८ जिल्लामा निषेधाज्ञा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै देशभरका ८ जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार बाँके र सुर्खेतमा जिल्लाभरी र बाग्लुङ, कालिकोट र बदिया आंशिक रुपमा निषेधाज्ञा लागू गरेपनि काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेगरी निर्णय गरेपनि हाल ९ बढी जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्