कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री टोपबहादुर रायमाझी सैनिक अस्पताल भर्ना
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । गृहजिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै मन्त्री रायमाझीले कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो ।
आफुलाई कोरोना संक्रमण भएपछि आफुनिकट रहेर सहयोग गर्ने व्यक्तिहरुलाई पनि कोरोना परिक्षण गर्नका लागी रायमाझीले आग्रह गर्नुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित सैनिक अस्पताल भर्ना हुनुभएको छ ।