Logo
|
Friday 19th April 2024
Logo

epaper

एकैदिन ४ हजार ५ सय बढीलाई कोरोना संक्रमण, १८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । वितेको २४ घण्टामा देशभर ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट १४६७२ पीसीआर परीक्षण गर्दा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । वितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा मृतकको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

हालसम्म २ लाख ७८ हजार ५०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्