Logo
|
Tuesday 16th April 2024
Logo

epaper

कोभिड अस्पताललाई मन्त्रालयको ७ बुँदे निर्देशन, स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दोस्रो तहर फैलिएका कारण कोभिड अस्पताललाई विशेष तयारी गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले ७ बुँदामा स्वास्थ्यकर्मीलाई लामो समय बिना नदिन, पालो निर्धारण गर्न, स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त नराख्न, अस्पतालको बहिरंग सेवा, सर्जरीलगायतका सेवा स्थगित गर्न र आकस्मिक उपचारका औजार अक्सिजनको व्यवस्था गर्न भनेको छ ।

रिक्त दरबन्दीमा ६ महिनाका लागि करारमा लिएर पदपूर्ति गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली पनि लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारिण गरी सेवा दिने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्