Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कोरोनाबाट मृत्यु भएकी महिलाको शब मोटरसाईकलमा राखेर ल्याउदा…



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो समय एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई जना युवकले एक जना महिलालाई बीचमा राखेर मोटरसाइकल चलाइरहेका छन्। समाचारमा जनाइएअनुसार गत सोमबार मन्डासा मन्डल गाउँकी ती ५० वर्षीय महिलालाई कोरोनाभाइरसका लक्षणहरू देखिएपछि जचाउन लगिएको थियो।

तर जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भयो। अस्पतालले उनको शवलाई घरसम्म लैजान कुनै सवारी व्यवस्था गर्न सकेन। त्यसपछि उनका छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर महिलाको शव १५ किलोमिटर टाढाको घर लिएर गए। भिडिओमा छोरा र ज्वाइँले महिलाको अवस्थाबारे एक जना प्रहरीलाई बताएको देखिन्छ। मृत्युपछि आएको रिपोर्टमा ती महिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्