Logo
|
Wednesday 24th April 2024
Logo

epaper

महानगरले कोभिडका बिरामी र अन्य बिरामीलाई अस्पताल लैजान ल्याउन छुट्टा छुट्टै नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल लैजान र ल्याउनका लागि छुट्टाछुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

देशमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका कामपाको हिजो बसेको कार्यपालिका बैठकले निशुल्क छुट्टा छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो ।

नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसङ्क्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।

कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई रु एक लाख, मझौला वडालाई रु ७५ हजार र साना वडालाई रु ५० लाख निकासा पठाउने निर्णय भएको छ ।

वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थापमा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारण थियो ।

प्रतिक्रिया दिनुहोस्