Logo
|
Thursday 16th January 2025
Logo

epaper

मानिसहरु जनावरझैँ मर्दै, मसानघाटमा शव जलाउने दाउरा समेत छैन



जनस्वास्थ्य सरोकार । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसको सङ्ख्या निरन्तर रूपमा बढिरहेको छ । गम्भीर बिरामीहरूको उपचारका लागि आवश्यक शय्या, औषधि र अक्सिजनको चर्को अभाव देखिएको छ । ठूलो चापका कारण मृतकहरूको अन्तिम संस्कार गर्न पनि शोकाकुल परिवारले पालो कुर्नुपरेको छ ।

‘हामीसँग २४ ओटा चिता बनाउने अनुमति थियो । विस्तारै त्यो संख्या ५० नाघ्यो ।’ सहीद भगत सिंह सेवा दलका जितेन्दर सिंह शन्टी भन्नुहुन्छ- ‘यति धेरै शव आइरहेका छन् कि मसानघाटमा दाउरानै सकियो । एकदमै नराम्रो अवस्था छ । यहि क्रम चलिरह्यो भने ४-५ दिनमा सडकमा दाहसंस्कार गर्नुपर्छ । अरु उपाय छैन ।’


शान्त शिव सेवा फाउन्डेसनका चरनजीव मल्होत्रा दशकौँदेखि दाहसंस्कारको काममा सघाउदै आउनुभएको छ । तर अहिले उहाँलाई आराम गर्ने फुर्सद छैन । उहाँ भन्नुहुन्छ -‘यो भन्दा भयावह स्थिती हुनै सक्दैन । हामी भारतको राजधानी दिल्लीमा छौँ भन्ने विश्वासनै लागिरहेको छैन । यहाँ मानिसहरु जनावारझैँ मरिरहेका छन् । शव जलाउन, उठाउन समस्या छ । दाहसंस्कारका लागि पनि घण्टौ लाइन बस्नुपर्ने बाद्यता छ ।’


अस्पतालमा विरामीकै आफन्तले अक्सिजनको जोहो गर्नुपरिरहेको छ । नितीस कुमारको आमालाई कोरोना संक्रमण भयो । भेन्टिलेटरको साहयतामा उपचार गर्नुपर्ने अवस्था आएपछि उनी भेन्टिलेरको खोजिमा धेरै ठाउँ भौतारिए । अन्तत अक्सिजन अभाव भएर नितीसको आमाले ज्यान गुमाउनुपर्यो । नितीसले आफ्नी आमाको शव दुई दिन घरमा राखे । दिल्लीको घाटमा दाहसँस्कार गर्न उनको परिवारलाई पालो कुर्नुपर्यो ।
पहिलो लहका बेला दिनमा ८-१० ओटा शव आउँथे तर जितेन्दरका अनुसार अहिले दैनिक ८० ओटा शव आउँछन । बीबीसी

प्रतिक्रिया दिनुहोस्