Logo
|
Friday 26th April 2024
Logo

epaper

बुधबार ४ हजार ८९७ संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो घण्टामा ४,७७४ पीसआर र १२३ एन्टीजेन परीक्षण गर्दा ४८९७ संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा  थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या १७ र  २४ घण्टा भित्रमा मृत्यु भएकाहरुको संख्या १० रहेको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २११ पुगेको मन्त्रालयले जानकारी दिएको

प्रतिक्रिया दिनुहोस्