पूर्वरानी कोमल राज्यलक्ष्मीको आईसीयूमा उपचार हुँदै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।
उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।