निषेधाज्ञाको अवज्ञा गर्ने ४ सय ११ सवारी साधन ट्राफिक प्रहरी नियन्त्रणमा
जनस्वस्थ्य सरोकार, काठमाडौं । निषेधाज्ञाको अवज्ञा गर्ने ४ सय ११ सवारी साधन ट्राफिक प्रहरी नियन्त्रणमा परेका छन् । काठमाडौं उपत्यमा प्रहरीको कडा चेकजाँचसँगै उनीहरु नियन्त्रणमा परेका हुन् । निषेधाज्ञाको पहिलो दिन बिहान मात्र काठमाडौं, ललितपुर र भक्तपुरमा ४ सय ११ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर र ९१ वटा गाडी रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता ९एसपी० सुशील सिंह राठौरले जानकारी गराउनुभएको छ । निययन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छोडने ट्राफिक महाशाखाले जनाएको छ ।