Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोरोना संक्रमितले भरियो टेकु अस्पताल, व्यवस्थापन गर्न समस्या



जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबै बेड कोभिड–१९ संक्रमितले भरिएपछि संक्रमितको व्यवस्थापन गर्न समस्या भएको छ ।

अस्पतालका निर्देशक डा.  सागर राजभण्डारीका अनुसार सबै उपचारकक्षमा बेड क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि नयाँ बिरामी भर्ना लिने अवस्था छैन । ‘भएका सबै बेड भरिइसके, १४ बेड थपेर पनि नपुगेपछि अब हामी धान्न सक्दैनौँ भन्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो ।

अस्पतालमा अहिले २२ संक्रमित आईसीयू र भेन्टिलेटरमा र ४६ जना आइसोलोसन वार्डमा उपचाररत छन् । आइसोलेसनमा रहेकामध्ये ९५ प्रतिशत बिरामी अक्सिजन सपोर्टमा राख्नुपर्ने अवस्थाका रहेका डा. राजभण्डारीले बताउनुभयो । मुलुकभर बुधबारसम्म ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्