Logo
|
Friday 26th April 2024
Logo

epaper

बझाङमा बिहीबार थप १७ जनामा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, बझाङ । बझाङमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्ला अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ ।

मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । हिजो मात्र उनमा कोरोना पुष्टि भएको थियो । अस्पतालका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार त्यहाँ उपचार सम्भव नभएपछि अन्यत्र लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको हो ।

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । एक साताअघि जयपृथ्वी नगरपालिका ६ का एक ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । आज थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्