लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. विकास देवकोटा
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा संघीय स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटालाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेशमा केही समयअघि स्वास्थ्य मन्त्रालय गठन भएपछि सरकारले डा. देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा नियुक्त गरेको हो ।