भोलिदेखि निषेधाज्ञा कडा : अत्यावश्यक र मृत्यु संस्कारबाहेक अन्यलाई सवारी पास नदिने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि निषेधाज्ञा कडा गर्ने भएको छ । पहिलो दिन भीडभाड भएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडा कदम चाल्ने बताएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै भोलिदेखि अत्यावश्यक र मृत्यु संस्कारबाहेक अन्यलाई सवारी पास नदिने बताएको छ ।
अत्यावश्यक भन्दै अनावश्यक पास माग्न थालेपछि प्रशासनले अब मृत्यु संस्कारका लागि घर जानेलाई र अत्यावश्यक काममा जानेलाई बाहेक अरुलाई सवारी पास जारी नगरिने जानकारी दिएको छ ।
यस्तै, बिरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कारोबार गर्ने संस्था र विमानस्थल आउजाउ गर्ने संस्था तथा कर्मचारीहरुका हकमा लागि सवारी पास नचाहिने सूचनामा उल्लेख गरिएको छ ।