डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सफल, आइसीयूमा सारियो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको सफल शल्यक्रिया भएको छ ।
आज काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टोलीले भट्टराईको सफल शल्यक्रिया गरेकोे हो । अहिले उहाँलाई आइसियूमा सारिएको छ।
यसअघि क्यान्सरको शंका भएपछि डा. भट्टराईले भारतको दिल्लीमा परीक्षण गराउनुभएको थियो । बायोप्सी, पेट सिटिस्क्यान सहितका परीक्षणपछि त्यहाँका चिकित्सकहरुल क्यान्सर नभएको बताएका थिए ।
तर त्यहाँका चिकित्सकहरुले डुडेनममा भएको सो ट्युमर भने छिटै फाल्नुपर्ने सुझाव दिएका थिए । सोही सुझाव अनुसार नै आज उहाँको शल्यक्रिया भएको हो ।