Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कोभिडको नयाँ भेरियन्टका चार जोखिमः जसले पुर्याउँछ अस्पतालको वेडमा

मधुमेह, मिर्गौलाका रोगी र क्यान्सर रोगीहरुमा कोरोना संक्रमपणका कारण ज्यान जाने जोखिम



डा. दिपेश के.सी.,वरिष्ठ फिजिसियन,सिभिल सर्भिस हस्पिटल

जनस्वास्थ्य सरोकार, काठमाडौं । के तपाईं कोरोना भाइरस (कोभिड—१९) को यी ४ जोखिम मा हुनुहुन्छ ?

यदि हुनुहुन्छ भने सम्बन्धित आफ्नो डाक्टरसँग सल्लाह लिन नभुल्नुस् र अस्पताल जान ढिला नगर्नुस् ।

यतिखेर कोरोना भाइरस (कोभिड—१९) को दोस्रो लहरले मुलुकभर नयाँ रेकर्ड तोडिरहेको छ ।

२५ देखि ४५ वर्षसम्मका युवाहरुमा कोरोनाको नयाँ भेरियन्ट धेरै देखिन थालेको छ ।

भाइरसको म्युटेसनका कारण नयाँ भेरियन्ट देखिरहेको छ । प्रायः भाइरसको म्युटेसन भइरहन्छ ।

नयाँ भाइरसले संक्रमणको दर बढाइरहेको छ ।


बैशाख १६ गते कोरोनाका कारण ३५ जनाले एकै दिन ज्यान गुमाए ।

यो अहिलेसम्मकै धेरै हो । यो दिन करिब ५ हजारको हाराहारीमा संक्रमित थपिए ।

हरेक दिन धेरैले कोरोना जितिरहेका छन् भने कोरोनासँग हार्न कयौं बाद्य छन् र ज्यान गुमाइरहेका छन् ।

अस्पतालमा वेडको कमीका कारण कतिपयले होम आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।


धेरै व्यक्तिले सजिलैसँग घरमा कोरोना पु¥याइरहेका छन् ।

कतिपयले आइसोलेसनको समय धेरै समस्याहरुको सामना गर्नुपरिरहेको छ ।

यस्तो अवस्थामा उनीहरुले घरमै उपचार जारी राख्ने वा अस्पताल भर्ना हुने भन्नबारे बुझ्दैनन् ।


‘कोरोना भाइरस भएका ८५ प्रतिशतलाई सामान्य लक्षण देखिन्छ । १५ प्रतिशत व्यक्तिलाई अस्पताल भर्ना गर्न जरुरी हुन्छ ।’ सिभिल सर्भिस हस्पिटलका वरिष्ठ फिजिसियन डा. दिपेश के.सी. भन्नुहुन्छ—‘सबै कोरोनाका बिरामीलाई अस्पताल भर्ना गर्नुपर्दैन । तर मधुमेह, उच्चरक्तचाप, मुटुको रोग, क्यान्सर, मिर्गौलालगायतका सिभियर समस्या भएका कोरोना बिरामीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता पर्नसक्छ ।’


यसबाहेक उच्च ज्वरो, शरीरमा अक्सिजनको स्तर ९२ प्रतिशत भन्दा कम भएका बिरामीलाई अस्पताल भर्ना गर्नुपर्छ ।

कोरोनाको जटिल लक्षण देखिएका बिरामीले तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउने वा हस्पिटल भर्ना हुनुपर्छ ।

कोरानाको निम्न लिखित लक्षणलाई भने तपाईंले भुलेर पनि वेवास्ता गर्न नहुने वरिष्ठ फिजिसियन डा. के.सी.ले स्पष्ट पार्नुभयो ।

शरीरमा अक्सिजनको तह कम भएमा

मुख्यतः सामान्य लक्षण भएपनि शरीरमा अक्सिजनको मात्रा हेरिरहनुपर्छ ।

कोरोना बिरामीको शरीरमा अक्सिजनको स्तर कम भएमा ज्यान जाने खतरा धेरै हुन्छ ।

‘यस्तो अवस्थामा कोरोना भाइरसबाट पीडित व्यक्तिहरुले हरेक दिन ४ पटकसम्म आफ्नो अक्सिजनको स्तर जाँच गर्नै पर्छ ।’—वरिष्ठ फिजिसियन डा. के.सी. भन्नुहुन्छ—‘कोरोनामा भित्रभित्रै अक्सिजन घटिरहेपनि लक्षण देखिएको पाइएको छैन । त्यसैले शरीरमा अक्सिजनको तह ९२ भन्दा कम भएमा तुरुन्त अस्पताल भर्ना हुनुपर्छ ।’


ज्वरो भएपनि अक्सिजनको मात्रा ठीक भएमा सिटामोल खाएर घरमा आइसोलेसनमा बस्दा पनि हुन्छ ।

आजकल मुलुकका धेरै अस्पतालहरुमा अक्सिजन सिलिन्डर र वेडको ठूलो अभाव छ ।

अक्सिजन र वेड पाउन मुिस्कल भइरहेको छ ।

तपाईंका लागि अक्सिजन सिलिन्डर वा वेड व्यवस्था नभएसमम्म प्रोन पोजिसनबाट आफ्नो शरीरको अक्सिजन लेवल वृद्धि गर्न सक्नुहुन्छ ।

उच्च ज्वरो

आजकल बदलिँदो मौसमका कारण धेरै मानिस खोकी र चिसोबाट हैरान छन् ।

यस्ता लक्षण कोरोना भाइरसबाट पनि हुनसक्छ ।

यस्तो अवस्थामा भाइरल समस्या हो वा कोरोना भाइरसका कारण हो भन्ने बारे पत्ता लगाउन आरटी पीसीआर टेष्ट वा ¥यापिड टेष्ट गराउनुपर्छ ।

कोरोना पोजेटिभ आएमा आफैं घरमा आइसोलेट हुन सकिन्छ ।

‘तर तपाईलाई ३ दिन भन्दा बढी उच्च ज्वरो आइरहेमा तत्काल अस्पताल भर्ना हुन जरुरी हुन्छ ।’—डा.के.सी.ले स्पष्ट पार्नभयो । यसबारे आफ्नो फिजिसियनसँग परामर्श लिन जरुरी हुन्छ ।


गम्भीर रोगबाट पीडित बिरामी


गम्भीर रोग नभएका व्यक्तिहरु सजिलैसँग कोरोना जित्न सक्षम हुन्छन् ।

यी व्यक्तिहरुलाई अस्पताल जान आवश्यक पनि पर्दैन ।

उनीहरु होम आइसोलसनमा बसेर आफूलाई निको पार्नसक्छन् ।

तर मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला रोग, क्यान्सर, दमबाट पीडित व्यक्तिहरुलाई कोरोना भएमा जोखिम धेरै हुन्छ ।

विशेषगरी मधुमेह, मिर्गौलाका रोगी र क्यान्सर रोगीहरुमा कोरोना संक्रमपणका कारण ज्यान जाने जोखिम धेरै हुन्छ ।

यस्ता व्यक्तिहरुलाई सिभिर इन्फेक्सन हुने जोखिम धेरै भएको डा. के.सी.ले जानकारी दिनुभयो ।

यस्तो अवस्थामा तुरुन्त अस्पताल जान आवश्यक पर्छ ।

तपाईंसँग कोरानोका हल्का लक्षण भएमा अस्पताल जानुपूर्व एकपटक डाक्टरसँग सल्लाह लिने बारे आफ्नो मनमा हेक्का राख्नुहोला ।

डाक्टरले अस्पताल भर्ना हुने नहुनेबारे जानकारी दिन सक्छन् ।


उच्च खोकी

मौसम परिवर्तनका कारण खोकीको समस्या पनि धेरै व्यक्तिहरुमा देख्न सकिन्छ ।

तर लामो समयसम्म सुख्खा खोकी लागिरहेमा तपाईंले कोरोना टेष्ट गर्नुपर्छ ।

यदि तपाईंको रिपोर्ट पोजेटिभ आएमा आफूलाई स्वयं होम आइसोलेसनमा राख्न सकिन्छ ।

धेरै खोकी लागेमा एकपटक डाक्टरसँग सल्लाह गर्न सक्नुहुन्छ किनकि तपाईंलाई अस्पताल भर्ना गर्नुपर्ने वा नपर्ने जरुरीबारे सल्लाह प्राप्त हुनेछ ।

यदि कोरोना संक्रम भइरहालेमा पनि कसैको होहल्लाको पछाडि नलाग्नुहोस् ।

आफूलाई शान्त अवस्थामा राख्नुहोस् र स्वस्थ्यवद्धक खाना खानुहोस् । यसले तपाईंले चाँडै कोरोना भाइरसलाई जित्न सक्नुहुनेछ । यद्यपी घरमा बस्नुहोस्, सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस् ।

सामाजिक दुरी, मास्क र बारम्बार हात धुने लगायत आफूलाई कोरोनाबाट जोगाउन कोरोनासम्बन्धि दिशानिर्देशहरु पालना गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्