Logo
|
Thursday 25th April 2024
Logo

epaper

अहिलेको कोरोनाविरुद्धको खोपले नयाँ भेरियन्टबाट जोगाउँछ कि जोगाउँदैन ?

दुईवटै डोज लगाउनेमा प्रोटेक्सन दर ९५ प्रतिशत



जनस्वास्थ्य सरोकार । यतिखेर नेपाललगायत छिमेकी मुलुक भारतमा कोभिड १९ कारोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । कोरोना विरुद्धको खोपबारे धेरै भ्रमहरु रहेका छन् । अहिलेको अवस्थामा ब्राजिलियन भेरियन्टबाहेक बजारमा आएका कोभिड विरुद्धका भ्याक्सिनले नयाँ भेरियन्टलाई काम गरिरहेको छ । । त्यसैले कोरोना विरुद्धको लगाउन प्रोत्साहन गर्नुपर्छ ।

अहिले बजारमा आएका कोभिड विरुद्धका भ्याक्सिनले नयाँ भेरियन्टलाई काम गर्छ । तर ब्राजिलियन भेरियन्टलाई काम गर्दैन । ब्राजिलियन भेरियन्ट नेपालमा छिर्यो भने फेरि अर्को भ्याक्सिन लगाउनुपर्छ ।-डा. दिपेश के.सी.,वरिष्ठ फिजिसियन,सिभिल सर्भिस हस्पिटल

खोप लगाऔं, भ्रममा नपरौं

हाम्रो देशमा भ्याक्सिनले काम गर्दैन, साइड इफेक्ट गर्छ भन्ने चर्चा परिचर्चा पनि हुने गर्छ ।

त्यो गलत हो । लाखौं लाखमा एउटालाई हुने कुरा हो ।

यस प्रकारको भ्रमममा नपर्दा राम्रो हुन्छ । त्यही भएर हस्पिटलमा आएर भ्याक्सिन लगाउने भनिएको हो ।

कुनै समस्या भएमा हस्पिटलमा डाक्टरबाट केयर पाउन सकिन्छ ।

भ्याक्सिन लगाएको ठाउँमा अलिअलि दुख्ने, टाउको दुख्ने, डायरिया, बान्ता हुनसक्छ । तर ज्यानै लाने खालको प्रतिक्रिया देखाएको छैन ।


खोप लगाउने सुरक्षित

यतिखेर कोभिड १९ कोरोना भ्याक्सिन लगाउने व्यक्तिहरु पनि पुनः संक्रमित भएको भन्ने समाचारहरु आइरहेका छन् । तर भ्याक्सिन लगाउनेहरुमा संक्रमण हुने सम्भावना निकै कम छ ।

करिब ४ हजार एस्ट्रोजेनिकाको कोभिसिल्ड भ्याक्सिन लगाउने व्यक्तिहरुमध्ये १ जनामा मात्र पुनः संक्रमण हुने देखिएको छ । यो ०.०४ प्रतिशत हो ।

भ्याक्सिन लगाएका व्यक्तिहरुमा पुनः संक्रमण भएमा सिभियर समस्या पनि हुँदैन र व्यक्ति मर्ने सम्भावना रहँदैन ।


अमेरिकामा धेरैले भ्याक्सिन लगाइसकेका छन् । त्यहाँ सपिङ महललगायत व्यक्ति व्यक्ति बीचको नजीकको सम्पर्कमा मास्क लगाउने तर बाहिर खाली ठाउँमा मास्क नलगाएपनि हुने अवस्था छ । अमेरिकामा भ्याक्सिनले गर्दा कोरोना नियन्त्रणमा राम्रो रेस्पोन्स देखिएको हो ।

दुईवटै डोज लगाउनेमा प्रोटेक्सन दर ९५ प्रतिशत

नेपालले ८० लाख डोज रसियन भ्याक्सिन खरीद गर्ने कुरा स्वास्थ्य मन्त्रीले बताइसक्नुभएको छ ।

जुनसुकै भ्याक्सिन लगाएपनि सबैले काम गर्छन् । यो राम्रो त्यो नराम्रो भन्ने छैन ।

ज्वरोमा अलि फरकता आउँछ


भ्याक्सिन पहिलो र दोस्रो डोज लगाउनुपर्छ ।

भ्याक्सिन लगाएको भोलिपल्ट नै एन्टिबडी बन्ने होइन ।

एन्टिबडी बन्न करिब २ हप्ता जति लाग्छ । त्यसैले खोप लगाएको २ हप्ताजति केयरफूल हुनुपर्छ ।

पहिलो डोज लगाएकाहरुमा ५० देखि ७० प्रतिशतसम्म प्रोटेक्सन रेट छ ।

तर दुईवटै डोज लगाएमा प्रोटेक्सन दर ९५ प्रतिशत देखिएको छ । त्यसैले बिना हिचकिचाहट खोप लगाउन अनुरोध गर्दछु ।

नयाँ भेरियन्टलाई काम गर्छ कि गर्दैन ?

अहिले बजारमा आएका कोभिड विरुद्धका भ्याक्सिनले नयाँ भेरियन्टलाई काम गर्छ ।

तर ब्राजिलियन भेरियन्टलाई काम गर्दैन ।

ब्राजिलियन भेरियन्ट नेपालमा छिर्यो भने फेरि अर्को भ्याक्सिन लगाउनुपर्छ ।

यसलाई हामीले लगाइरहेको खोपले काम गर्दैन । यसका लागि अमेरिकन फाइजर भ्याक्सिन मोडर्ना नै चाहिन्छ ।

अमेरिकन फाइजर भ्याक्सिन भण्डारण गर्न माइनस ७० डिग्री सेन्टिग्रेड चाहिन्छ । त्यो क्षमता नेपालसँग छैन ।

त्यसैले नयाँ भेरियन्ट नछिरोन्जेल सबैले भ्याक्सिन लगाएर कोरोना निवारण गर्न जरुरी छ ।

संक्रमण बढी, सिभियर कम

अहिलेको म्युटेसन भएर बनेको नयाँ भाइरस एउटाबाट अर्कोमा सर्ने ट्रान्सिभिटी अर्थात इन्फेक्टिभिटी बढी छ ।

तर यो भ्यारियन्टले सिभियर इन्फेक्सन कम गराउँछ । युवा पुस्तामा धेरै संक्रमण गराएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्