Logo
|
Friday 26th April 2024
Logo

epaper

चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । थानकोटस्थित चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण हुने भएको छ ।
काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै चन्द्रागिरि अस्पतालमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रुपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

चन्द्रागिरिले कोरोना सङ्क्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा पु¥याउने लक्ष्य राखेको छ । कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालसम्म लैजानका लागि चन्द्रागिरिले नगरस्तरीय एम्बुलेन्सको प्रयोग गर्ने जनाएको छ । उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकामा सञ्चालनका लागि एम्बुलेन्स खरीद गरेको थियो ।

चन्द्रागिरिमा हालसम्म दुई हजार २८३ कोरोना सङ्क्रमित भेटिएका छन् । यसमध्ये दुई हजार ६५ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने १७४ होम आइसोलेशन र १८ जना अस्पताल आइसोलेशनमा रहेका छन् । हालसम्म कोरोना सङ्क्रणका कारण चन्द्रागिरिमा २६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्