Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड : एकैदिन ७२११ संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालका एकैदिन ७ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।

देशभरका प्रयोगशालाबाट १६ हजार १४७ पीसीआर परीक्षण गर्दा ७ हजार १३७ र ६२३ एन्टिजेन परीक्षण गर्दा ७४ गरि ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौंमा मात्र ३ हजार ५९५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्