Logo
|
Friday 26th April 2024
Logo

epaper

आजदेखि सांसदहरुकाे पीसीआर परीक्षण गरिँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । संसद अधिवेशनलाई मध्यनजर गर्दैै सचिवालयले आज सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दै छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बुधबार बिहान १० देखि बेलुका ५ बजेसम्म र बिहीबार पनि सोही समयमा पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

बुधबार सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुनेछ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण भने बिहीबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्