Logo
|
Sunday 5th May 2024
Logo

epaper

कोभिड-१९ को तेस्रो लहरबाट कसरी जोगिने ?



कोभिड-१९ को दोस्रो लहरका लागि पुर्व तयारी गर्न सरकारसँग प्रशस्त समय थियो । तर पुर्व तयारीमा हामी चुक्यौँ । अब तेस्रो लहरका लागि हामी आफै तयार हुनुपर्छ । खोप नलगाएका व्यक्ति र बालबालिहरुका तेस्रो लहरबाट बढी प्रभावित हुने विश्लेषण छ । कोभिडको तेस्रो लहरसँग जुध्न पुर्व तयारी सुरु गर्न अनिवार्य छ ।

विश्वभरको तथ्यांक हेर्दा कोभिडको तेस्रो लहर आउने निश्चित प्रायः रहेको छ । पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा युवती बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी प्रभाव र जोखिममा पर्ने अनुमान छ ।

यसको प्रमुख कारण भाइरसले गर्ने म्युटेशन (उत्परिवर्तन) हो । पहिलो लहरमा कोभिडले मुख्य रूपमा वृद्ध र रोगप्रतिरक्षात्मक शक्ति कम भएका व्यक्तिलाई आक्रमण गर्यो । दोस्रो लहरले युवाहरूलाई ठूलो संख्यामा आक्रमण गर्दैछ । तेस्रो लहरले बच्चाहरूलाई आक्रमण गर्ने सम्भावना छ । किनकि बालबालिका बाहेक अरु प्रायः पहिले नै संक्रमित भैसकेका वा खोप लगाइसकेका हुन्छन । बच्चाका लागि खोप नभएकाले उनीहरूको वरपर रहने सबैलाई खोप दिएर सुरक्षित राख्न जÞरूरी छ । समयमै पुर्वतयारी गरेर तेस्रो लहरमा हुनसक्ने क्षति न्युनिकरण गर्न सकिन्छ ।

This image has an empty alt attribute; its file name is Coronavirus_3D_illustration_by_CDC_1600x900-768x432.png

एउटा भाइरस मानव शरीरमा प्रवेश गरेपछि त्यसले कोषिकाको संख्या बढाउन थाल्छ । यस्तो प्रक्रियालाई वैज्ञानिकको भाषामा रिप्लिकेशन भनिन्छ । यसरी एउटा शरीरमा धेरै संख्यामा कोषिकाको निर्माण भएपछि भाइरस शरीरबाट अर्को शरीरमा फैलिन सुरु गर्छ । त्यसले पुरानै तरिकाले आफ्ना कोषिकाको बृद्धि गर्छ ।

भिन्नभिन्न शरीरमा आफ्ना कोषिकाको विकास गर्दै जाँदा मानव शरीरका गुणहरु पनि भाइरसको विकासमा सहभागी हुन्छन् । यसरी भाइरसले आफूलाई बदल्दै जान्छ । जसलाई विज्ञानको भाषामा उत्परिवर्तन, परिस्कार (म्युटेशन) भनिन्छ ।

यसरी अलगअलग तरिकाले भाइरस परिस्कृत हुँदै जाँदा २–३ महिनाको अन्तरालमा यसका धेरै गुणहरु परिवर्तन हुन्छन् र नयाँ प्रजाति (भेरिएन्ट) तयार हुन्छन् । जब कुनै एक भाइरसले बिमारीको लक्षण बदल्न सुरु गर्छ, त्यसपछि यसको फैलने रफ्तार र बिमारीमा देखिने असर पनि बद्लिन थाल्छ । यसरी नै कोरोना भाइरस अस्तित्वमा आइसकेपछि यसका हजारौं रिप्लिकेशन भइसकेका छन् र कयौं नयाँ प्रजातिको भाइसर विकास भइसकेका हुन्छन् । कोरोना भाइरसका सयौं त्यस्ता भेरिएन्टको चर्चा सुनिँदैन । धेरैजसो भेरिएन्ट कमजोर भएर जान्छन् र उनीहरुको संक्रमण दर पनि ज्यादै कम हुन्छ । तर कुनैकुनै यति शक्तिशालि हुन्छन् की, अरु प्रजातिभन्दा हजारौं गुणा छिटो संक्रमण फैलाउन र मावन शरीरमा गम्भिर लक्षण उत्पन्न गर्न उनीहरु सक्षम हुन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले दुनियाँमा सयौं भेरिएण्टका कोरोना भाइरस अस्तित्वमा छन् । तर त्यसमध्ये केवल ३ प्रजातिलाई निकै शक्तिशाली मानिन्छ । दक्षिण अफ्रिका, ब्राजिल र ब्रिटिश भेरिएन्टका कोरोना भाइरस अति तीव्र संक्रामक मानिन्छन् ।

यसबाहेक अरु ७ प्रजातिका कोरोना भाइरसलाई पनि वैज्ञानिकहरु संक्रामक मान्छन् । तिनै ७ मध्येको एउटा हो, महाराष्ट्र भेरिएन्ट । यसलाई ब्रिटिश भेरिएण्टकै उपजाति मानिन्छ । ब्रिटिश भेरिएण्टको अहिलेसम्म २३ म्यूटेशन भइसकेको छ भने महाराष्ट्र भेरियण्टको १५ म्युटेशन भएको छ ।
अहिले भारतमा पनि कयौं भेरिएन्टका कोरोना भाइरसको संक्रमण भइरहेको छ । सबै मानिसलाई एकै किसिमको कोरोना भाइरस संक्रमण भएको छैन । विज्ञ चिकित्सकका अनुसार महाराष्ट्रमा ५०–६० प्रतिशत संक्रमण डबल म्युटेण्टले गराएको छ । यो भेरियण्ट अहिले साउथ एसियाका विभिन्न ठाउँहरूमा फैलिन थालेको छ । ब्रिटिश भेरिएन्ट अहिले भारतमा पाइएको छ । अब अरु प्रजातिका कोरोना भाइरस खत्तम भएर महाराष्ट्र भेरिएण्ट नै सबैमा संक्रामक हुने जोखिम बढ्न थालेको छ ।

नयाँ भेरियण्टको विकास रोक्न सकिन्छ ?
जब भाइरसले शरीरमा छिरेर आफूलाई बदल्न थाल्छ, त्यसपछि नयाँ समस्या सुरु हुन थाल्छ । यदि भाइरसको म्युटेशन नै रोक्न सकियो र नयाँ भेरिएण्टको उत्पादन नै हुन दिइएन भने समस्या नै हुने थिएन ।

भाइरसको नयाँ प्रजातिको विकास हुन नसक्ने अवस्था बनाउन सक्छौं त ?

वैज्ञानिकहरु को अनुसन्धान जारी छ तर मान्छेले भने भाइरसको यस किसिमको विकासलाई रोक्न सक्छ । भाइरसलाई नयाँ प्रजातिको विकास गर्न धेरै मान्छेको शरीमा पसेर म्युटेशन प्रक्रिया सञ्चालन गर्नुपर्ने हुन्छ । यदी कोही एकजनाको शरीरबाट अर्को शरीरमा भाइरस छिर्नै पाएन भने यो प्रक्रिया रोकिन्छ ।

तपाईंले मास्क लगाउनु भयो भने संसारको जतिसुकै शक्तिशाली र संक्रामक भाइरस भए पनि त्यसले समस्या पार्न सक्दैन ।

सबैले मास्क लगाउने हो भने भाइरस अर्को शरीरमा छिर्न पाउँदैन र यसले म्युटेशन रोकिन्छ । नयाँ प्रजातिको कोरोना भाइरस उत्पन्न हुन नदिने यही एउटा उपाय हो ।

  • अभिभावकहरू सतर्क रहेर र घरमा पाहुना,भोज भतेर,जमघट हुने कामहरूबाट टाडा रहने वा नगर्ने ।
  • बालबालिकाहरुको हात समय–समयमा सफा गर्ने गराउने, र घरमा पनि सामाजिक दूरी कायम राख्नुहोस् ।
  • सन्तुलित आहार विहारलाई पालना गर्नुपर्छ । सबै आवश्यक पोषक तत्वहरू समावेश गर्ने प्रयास गर्नुहोस् । यसले उनीहरूको रोग प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ ।
  • तपाइँको बच्चालाई र आफैपनि घरमा व्यायाम प्राणायाम गर्न सक्नुहुन्छ ।
  • बारम्बार छुईने जस्तै ढोका, ह्यान्डल, फर्निचर, कुर्सी, वालेट, कम्पुटर, ल्यापटप मोवाईल र काउन्टर निश्चित अवधि पछि स्यानीटाइज गर्नुपर्छ ।
  • यदि आमाबाबुले बिरामी महशुस गर्नुहुन्छ र खोकि–चिसो र ज्वरो जस्ता लक्षणहरु देखिएमा आफूलाई बच्चाहरूबाट अलग राख्नुपर्छ ।
  • बच्चाहरूले मास्क लगाउन मान्दैनन् भने उनीहरूलाई मास्क लगाउने र कोरोनाभाइरससँग लड्नुको महत्वबारे राम्रोसंग कुरा गरौँ । आफू पनि बुझनुस् अरूलाई पनि बुझाउनुहोस् ।
  • कुनै पनि लक्षण देखिए बेवास्ता नगर्नुहोस् । यदि तपाईको बच्चालाई खोकी, चिसो वा ज्वरो आएको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्।
  • आफ्ना बच्चाहरूलाई कोभिडको बारेमा र यो कसरी फैलिन्छ भन्ने बारेमा सिकाउनुहोस् । यसो भनेर फेरि मानसिक तनाव नादिनुहोस्।
  • कोभिडबाट बच्न र बचाउन कोभिडसँग लड्न सिकाउनुहोस् । आत्मबल उच्च राखौं । सोच सकारात्मक बनाऔं !

प्रतिक्रिया दिनुहोस्