Logo
|
Friday 26th April 2024
Logo

epaper

संक्रमित घटे निको हुने बढे, ४३४४ थपिए, ५७६८ निको, ८१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको १२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौ उपत्यकाभित्र भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौँमा ६७९ गरी जम्मा ९ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ पुगेको छ । पछिल्लो चौविस घण्टामा ८१ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ५ हजार ७६८जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ६ सय ३४ जना क्वारेन्टीनमा छन ।

प्रतिक्रिया दिनुहोस्