Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा कोरोना ग्राफ ओरालो लाग्ने क्रम जारी, ३७४९ थपिए, ५२९३ निको, ५९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर ओरालो लाग्न थालेको छ । पछिल्लो चौविस घण्टामा देशभर ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन् ।


देशभरका प्रयोगशालाबाट ९ हजार १ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८७४ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५४० भत्तपुरमा ९९ र ललितपुरमा १२५ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख १६ हजार ८७ पुगेको छ ।


पछिल्लो चौविस घण्टामा ५९ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ५ हजार २९३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्