Logo
|
Friday 19th April 2024
Logo

epaper

आइतबार २४०७ जनामा संक्रमण, ३९९४ जना निको, ४६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४०७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

१२ हजार ४०६ नमुनाको परीक्षण गर्दा दुई हजार ४०७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँमा ४८३ , भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ५३ जना थपिएका छन् ।

पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ४१२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्