Logo
|
Wednesday 26th February 2025
Logo

epaper

देशभर २९१८ जनामा संक्रमण, ५१४७ निको, ५३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज देशभर दुइ हजार ९१८ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १४ हजार ८१९ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये नौ हजार ४३९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा कोरोना संक्रमण देखिएको हो। 

त्यस्तै, आज कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ४६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच हजार १४७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पाँच लाख ३६ हजार २५२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्