कोरोनाबाट वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको निधन

जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको निधन भएको छ । डा. रावतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा आज विहान ६ बजे निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएको पछि डा. रावत जेठको दोस्रो साता देखि शिक्षण अस्पतालमा उपचाररत हुनुुहुन्थ्यो । डा. रावतको सिभियर कोभिड निमोनियाका कारण निधन भएको उहाकाँ विद्यार्थी समेत रहनुभएका नेफ्रोलोजिष्ट डा. महेश सिग्दलले जानकारी दिनुभयो ।
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला उपचार सेवा स्थापनादेखि विस्तारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । डा. रावत लामो समयसम्म त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभाग र पछि स्थापना भएको नेफ्रोलोजी विभागको प्रमुख समेत हुनुभएको थियो ।