देशभर २८२८ जनामा संक्रमण, ३०८२ निको, ५२ जनाको मृत्यु

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको ८ हजार ६८७ पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा र ४ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा ८१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ३ हजार ८२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।