Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर २६०७ नयाँ संक्रमित थपिँए, २१४१ निको, ३९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको ७ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ७६८ जनामा र ४ हजार ७७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जनालाई संक्रमण पुष्टि भएको छ । 


पछिल्लो चौविस घण्टामा ३९ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा २ हजार १४१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्