Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर २४४२ नयाँ संक्रमित थपिँदा ३४५६ निको, ५१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जनामा कोराना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन्।

काठमाडौं उपत्यकाभित्र ५ सय ४८ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो। 


त्यस्तै पछिल्लो चौविस घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ जना पुगेका छन ।

पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्