Logo
|
Friday 29th March 2024
Logo

epaper

देशभर ४५२२ जनामा संक्रमण, ४९५४ निको, ४१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना कोभिड-१९ संक्रमित थपिएका छन ।
देशभर १२ हजार २०४ पीसीआर गर्दा ३ हजार ७०३ र ४ हजार ७०९ एन्टीजेन गर्दा ८१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमित निको भएका छन । मन्त्रालयका अनुसार मंगलबार ४१ जना संक्रमितको दुखद निधन भएको छ ।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ५४ हजार ८८२ पुगेको छ भने ८ हजार ८१३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्