Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वाथ्य मन्त्रीको पद, १८ दिनमै चैट



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ पदमुक्त हुनुभएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न आज दिएको अन्तरिम आदेशसँगै स्वास्थ्य मन्त्री तामाङ सहित २० जना मन्त्री जिम्मेवारमुक्त भएका हुन् । तामाङलाई गत जेठ २१ गते स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्