Logo
|
Thursday 18th April 2024
Logo

epaper

देशभर २४२१ जनामा संक्रमण पुष्टि, ८१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज देशभर २ हजार ४२१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ जना पिअिसार परीक्षण गर्दा १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टीजेन परीक्षण गर्दा ९१० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० पुगेको छ।

आज देशभर ३ हजार ५५८ जना संक्रमित निको भएका छन । हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म ८ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्