Logo
|
Thursday 18th April 2024
Logo

epaper

थप २४७४ जनामा संक्रमण, २५१८ निको, २४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौविस घण्टामा देशभर २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट ७ हजार २३५ जनाको पीसीआर गर्दा १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो चौविस घण्टामा २ हजार ५१८ जना संक्रमण मुक्त भएका छन । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ ।
त्यसैगरी बिहिबार २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।

हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्