Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट राष्ट्रगानका गायक अजय थापाको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणबाट नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको निधन भएको छ।

झापाको मेचीनगर नगरपालिका-३ बडाखाल निवासी थापालाई गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज (शुक्रबार) विहान ६ बजे निधन भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

थापाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अवस्थामा शुक्रवार बिहान ६ बजे निधन भएको अस्पतालले जनाएको छ ।

उहाँको पत्नी राधा थापा पनि कोरोना संक्रमण भएर सोही अस्पतालमा उपचाररत हुनुहुन्छ ।

विसं २०६२ ६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो।

प्रतिक्रिया दिनुहोस्