Logo
|
Friday 19th April 2024
Logo

epaper

संक्रमित भन्दा निको हुने दोब्बर, २४७६ थपिए, ५४५५ निको, २७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ९४५ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्