Logo
|
Thursday 28th March 2024
Logo

epaper

थप २६३६ जनामा संक्रमण, ४३४८ संक्रमणमुक्त, २० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।
त्यस्तै मंगलबार २० जना कोरोना संक्रमितको दुखद निधन भएको छ । यो सँगै कुल मृतकको संख्या ९ हजार ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्