Logo
|
Saturday 27th April 2024
Logo

epaper

आर्थिक अभावले जैसराको उपचारमा समस्या, सहयोगका लागि अपिल



जनस्वास्थ्य सरोकार, बर्दिया । करिब तीन महिना अघि कोरोना भाइरस (कोभिड-१९) संक्रमण भई हाल भेरी अस्पतालमा उपचाररत जैसरा वलिलाई आर्थिक अभाव भएको छ । कोरोना संक्रमण पछि फोक्सोमा गम्भिर संक्रमण देखिएपछि विगत दुइ महिना देखि उपचाररत बर्दिया जिल्लाको बारबर्दिया-९ बनगाई की जैसरालाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

भेरी अस्पतालमा उपचाररत जैसरा वली

जैसरालाई गत चैत २८ गते संक्रमण पुष्टि भएको थियो । संक्रमणका कारण फोक्सोमा गम्भिर संक्रमण देखिएपछि उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ झण्डै एक महिना उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि भेरी अस्पताल रिफर गरिदियो । भेरी अस्पतालमा उपचार सुरु भएको २५ दिन बितिसक्दा पनि जैसिराको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन ।

लामो समयसम्म अस्पतालमा राखेर महंगो उपचार चलाउनुपर्दा आर्थिक अभाव हुन थालेको छोरा दीपक वलि बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘कोरोना संक्रमणकले आमाको फोक्सोमा धेरै नै असर पुर्याएको छ । लामो समयदेखि अस्पतालमा भर्ना गरेर राख्दा आर्थिक अभाव हुन थालेको छ । उहाँको उपचारका लागि आर्थिक सहयोग पाए आमालाई बचाउन सकिन्छ कि भन्ने आशा लागेको छ ।’


उपचारका लागी सम्पूर्ण देश बिदेशमा रहेका अग्रजहरु, आफन्तजन, साथीभाई, सुभेच्छुक शुभचिन्तकहरुमा आर्थिक सहयोगका लागि गरिएको छ । सहयोगका लागि दीपक वलिको सिटिजन्स बैंक बंगलाचुली शाखा दाङमा रहेको खाता नं ०६७०१००००००४६०४६ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । जैसराको उपचारमा आर्थिक सहयोग गर्न चाहानेले उहाँको छोरा दीपकको मोबाइल नम्बर ९८४४८२१७३७ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न समेत सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्