Logo
|
Friday 26th April 2024
Logo

epaper

कोरोनाग्राफ फेरी उकालो लाग्यो, २८ सय बढीमा संक्रमण, ४१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्न थालेको तथ्याङ्कले देखाएको छ । बितेको २४ घण्टामा देशभर २ हजार ८९२ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट ७ हजार १८७ जना पिअिसार परीक्षण गर्दा १ हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेका मन्त्रालयले जनाएको छ।

 काठमाडौं उपत्यकामा आज ५७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४३६, भक्तपुरमा ४७र  ललितपुरमा १८९ गरी ५७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सोहि अवधिमा ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्