Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर २२९९ जनामा संक्रमण, ३४५१ निको, ३४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २२९९ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको १० हजार ५ सय ९६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २२९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३४५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार पुगेको छ ।

कुल संक्रमितका आधारमा निको हुनेको दर ९४ प्रतिशत रहेको छ ।

देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्