Logo
|
Friday 26th April 2024
Logo

epaper

थप २६२२ जनामा संक्रमण, २२११ निको, २३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

७ हजार ४ सय ९९ जनाको आरटी पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका हुन्।

त्यस्तै २ हजार २ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा संक्रमण भएका २३ जनाको मृत्यु भएको छ।

नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या ६ लाख नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या ९२ सय भन्दा बढी छ।

प्रतिक्रिया दिनुहोस्