Logo
|
Saturday 27th April 2024
Logo

epaper

देशभर २६३४ जनामा संक्रमण, १५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


७ हजार ५ सय ३ जनाको आरटी पिसिआर परीक्षण गर्दा १ हजार ७ सय १८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै १ हजार ५ सय ६५ जना कोरोना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा संक्रमण भएका १५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्