Logo
|
Wednesday 1st May 2024
Logo

epaper

नेपालमा थप २ हजार ६७६ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २५६ जना पिअिसार परीक्षण गर्दा एक हजार ७८२ र ४ हजार ५१२ जनाको एन्टीजेन परीक्षण गर्दा ८९४ जनामा संक्रमण पुष्टि भएको हो।

सोहि अवधिमा एक हजार ७५७ जना संक्रमित निको भएका छन । हालसम्म ६ लाख २५ हजार ५७० जना संक्रमणमुक्त भइसकेका छन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३३९ जना रहेको छ। तीमध्ये २४ हजार २५ जना संक्रमित होम आइसोलेसन र २ हजार ६१४ संस्थागत आइसोलेसनमा रहेका छन।

देशभर २९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्